माथी गोपनीयताको नीति

गोपनीयताको नीति

गोपनीयता नीति
 
 

C-Square Korea Inc.(कम्पनी) आफ्नो सेवाहरू मार्फत ग्राहकहरु संग एक विश्वसनीय सम्बन्ध निर्माण गरेर सूचना उन्मुख समाजमा योगदान दिने लक्ष्य राखेको छ | कम्पनीले व्यक्तिगत जानकारी संरक्षण अधिनियमलाई, प्रासंगिक स्थानीय कानुन र नियमहरू अनुरूप सम्मान गर्नेछ र यस गोपनीयता नीति द्वारा निर्धारित नियमहरू अनुसार व्यवस्थापन गर्नेछ र यसको गोपनीयता व्यवस्थापन प्रणालीलाई निरन्तर समीक्षा र विस्तार गर्दै जानेछ |

 
व्यक्तिगत जानकारी प्रयोग गर्ने उद्देश्य
 
 

कम्पनीले ग्राहकको व्यक्तिगत जानकारी निम्न लिखित कार्यको लागि प्रयोग गर्नेछ |
1. online मार्फत सदस्यता दर्ताको लागि
2. रेमिटान्स सेवा दिनको लागि
3. मार्केटिंग र विज्ञापन सम्बन्धि योजनाको लागि
4. विभिन्न नियम र प्रावधानद्वारा नियन्त्रित कार्य गर्नको लागि

 
रेकर्ड राख्ने अवधि
 
 

कानुन बमोजिम बिभिन्न समय अवधिसम्म कम्पनीले ग्राहकको व्यक्तिगत जानकारी राख्ने छ |
1. सदस्यको जानकारी : ३ महिना देखी ~ ५ बर्षसम्म
2. पहिचान प्रमाणिकरणको रेकर्ड : ५ बर्ष
3. कारोबार विवरणको रेकर्ड : ५ बर्ष
4. स्वीकृति सूची: सम्बन्धित कानुनद्वारा अनुरोध गरिएमा
कम्पनीले केहि समयको लागि ग्राहकको browser को cookies सम्बन्धि जानकारी राख्नेछ |

 
तेश्रो पक्ष
 
 

कुनै पनि तेस्रो पक्षलाई हाम्रो कम्पनीले ग्राहकको व्यक्तिगत जानकारी दिने छैन जबसम्म ग्राहकको स्वीकृति हुने छैन | ग्राहकको स्वीकृति भएमा व्यक्तिको सूचना संरक्षण अधिनियम अन्तर्गत धारा १७ र १८ बमोजिम तेश्रो पक्षलाई जानकारी उपलब्ध गराउन सकिने छ |
आवश्यक परेमा हाम्रो कम्पनीले सिन्हान् बैंक र संसार रेमिटलाई ग्राहकको व्यक्तिगत जानकारी उपलब्ध गराउन सक्ने छ |

 
ग्राहकको अधिकार
 
 

लिखित निवेदन , इमेल वा फ्याक्सको माध्यमबाट ग्राहकले आफ्नो व्यक्तिगत जानकारी फेर बदल गर्न सकिने प्रावधान रहेको छ |

 
ग्राहकको व्यक्तिगत जानकारीको नष्ट प्रक्रिया
 
 

ग्राहकको व्यक्तिगत जानकारी राख्ने समय सकेपछि कम्पनीले ग्राहकको जानकारी ५ दिन भित्रमा नष्ट गर्नेछ |

 
सुरक्षा उपाय
 
 

ग्राहकको व्यक्तिगत जानकारीको सुरक्षा तथा गोपनियताको लागि कम्पनीले निम्न कुराहरु गर्ने छ |
1. आवधिक आन्तरिक लेखा राख्ने
2. समय समयमा कर्मचारीहरूलाई शिक्षित गर्ने
3. आन्तरिक व्यवस्थापन योजना बनाउने र कार्यान्वयन गर्ने
4. Hacking बाट सुरक्षित राख्नको लागि IT प्रविधिको प्रयोग गर्ने
5. व्यक्तिगत जानकारीको लागि access logs राख्ने
6. अनधिकृत पहुँच अवरुद्ध गर्ने
7. डाटा एन्क्रिप्शन
8. क्याबिनेटहरू जहाँ कागज सामग्री भण्डारण गरिन्छ त्यहाँ ताला लगाउने
9. अनधिकृत व्यक्तिलाई आफ्नो कार्यालय क्षेत्रमा प्रवेश गर्न रोक्ने

 
व्यक्तिगत जानकारी संरक्षण प्रबन्धक
 
 

प्रबन्धक: Seo MinKyeong(निदेशक र अनुपालन प्रमुख , 02-6958-7074, privacy@rupeesend.co.kr)
व्यापार एकाइ: अनुपालन विभाग, 02-6958-7074, compliance@rupeesend.co.kr

 
व्यक्तिगत जानकारीमा उजुरी वा परामर्शको लागि
 
 

Visit http://privacy.kisa.or.kr, http://www.spo.go.kr, http://www.netan.go.kr उजुरी जारी गर्ने बारे थप जानकारीको लागि.

 

पहिलो संशोधन, जुलाई ,२०१७

C-Square Korea Inc.
अध्यक्ष / CEO: Jeff Jung



■ ग्राहक सहायता डेस्क
 
 

काउन्टर: C-Square Korea Inc. अनुपालन विभाग
ठेगाना: 3F Deokbong Bldg 5, Bongeunsa-ro 82-gil Gangnam-gu, Seoul, Korea
इमेल : compliance@rupeesend.co.kr(24x7)
फोन: 02-6958-7074 (Mon~Fri 9~18) फ्याक्स: 02-6455-8755