Rupeesend, भनेको,वित्तीय सेवा एजेंसीमा दर्ता भई बैदेशिक रकम स्थानान्तरण गर्न स्वीकृति पाएको कोरियाबाट नेपालमा पैसा पठाउने रेमिटान्स सेवा हो। (License No. MSOF 2017-03).
छिटो ,भरपर्दो,विश्वसनीय,सुविधायुक्तको साथै
सस्तो शुल्क र उत्कृष्ट विनिमय दर।
हामी सबैभन्दा राम्रो विनिमयदर, सहज र गुणस्तरिय सेवामा विश्वास गर्छौं, ग्राहकहरुको सेवा सुबिधा नै हाम्रो प्राथमिकता रहेको छ ।
हाम्रो झन्झट बिनाको रेमिट सेवा लिई आनन्दित हुनुहोस ।
नेपाली रुपैयाँ(NPR)
5,000 Won
(विद्यार्थी को लागि ५०% छुट)
5,000 USD १ पटकमा, 50,000 USD १ बर्षमा
※नेपालमा नगद भुक्तानी लिनु परेमा १ पटकमा १00,000 नेपाली रुपैयाँ मात्र लिन सकिने छ ।
10,000 Won
हाम्रो web site मा विनिमय दर परिवर्तन भई राखेको हुन्छ । वास्तविक विनिमय दर रेमिट process हुने समयमा जुन छ त्यो नै लागू हुनेछ ।
* तपाईहरुको जानकारी को लागि विनिमय दर हाम्रो वेबसाइटमा हेर्न सक्नुहुन्छ।
1. नेपाल अधिराज्य भित्र भएको बैंक खातामा रकम जम्मा गर्ने (Account Deposit)
2. साझेदारी बैंकको काउन्टर,SansarRemitको काउन्टरबाट रकम प्राप्त गर्ने (Cash payout)
तलको सर्तहरु पुरा भएमा मात्र सदस्यता दर्ता गर्न सकिने छ । कृपया हाम्रो सर्तहरुमा सहमती जनाउनुहोस् ।
(1) ID प्रमाणीकरण प्रक्रिया पुरा भएपछि मात्र Rupeesend को सदस्य दर्ता गर्न सकिनेछ ।
(2) Rupeesend को सदस्यता दर्ता गर्ने समयमा Valid Visa हुनु पर्नेछ ।
एकपटक सदस्यता दर्ता गरेपछि सधै भरि लाई कायम रहनेछ, भिसा तथा अन्य कुनै कुरामा परिवर्तन भएमा सो को जानकारी हामीलाई गराउनु पर्नेछ ।
सदस्यता रद्द गर्नु परेमा कुनै शुल्क लाग्ने छैन ।
रेमिट गरेको रकम प्राप्त कर्ताले लिन नसकेको खण्डमा रद्द गर्न सकिने छ ।
यदि रेमिट स्थितिमा "भुक्तानी प्रक्रियामा", छ भने मेरो पेजको अर्डर विवरण मा गएर रद्द गर्न सकिने छ ।
अन्य स्टाटस मा छ भने रुपिसेंडको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नु होला ।
रेमिटान्स प्रक्रिया पुरा भएको खण्डमा सेवा शुल्क फिर्ता गरिने छैन,कृपया बुझिदिनु होला।
1. प्रापकको बैंक खातामा जम्मा(रेमिटान्स)गर्ने अबस्थामा, रेमिटान्स प्रक्रिया शुरु गरेपछी काठमाडौँ valley भित्रका 3 वटा सहर ( काठमाडौँ, ललितपुर, भक्तपुर) मा रहेको कुनै बैंकमा खाता भएको अबस्थामा 2 घण्टा जति मा जम्मा हुनेछ र बैंक शाखा नभएको अबस्थामा १ दिन सम्म लाग्न सक्नेछ।
2. नगद भुक्तानी: हाम्रो एजेन्टको काउन्टर,बैंकको काउन्टरबाट नगद प्राप्त गर्ने हो भने पैसा पठाएको 10 मिनेट भित्रमा
* रेमिट पुरा भएको तुरुन्तै जानकारी गराइने छ ।
- सदस्यता दर्ता को लागि एलियन कार्डको अगाडी, पछाडी र कोरियाको बैंक पासबूकको अगाडी को पेजको फोटो खिचेर अपलोड गर्नुहोस्
-अर्डर प्रक्रिया अगाडी बढाउनको लागी बैंक ट्रान्सफर पुरा भएको screenshot अथवा ATM बाट प्राप्त स्लिप अपलोड गर्नुहोस्.
- रेमिटान्स रकम,रेमिटान्स संख्या,रेमिटान्स उद्देश्य आदिको आधारमा थप कागजातको अनुरोध गर्न पनि सकिने छ ।
नगद भुक्तानीको सन्दर्भमा,रेमिटान्स पुरा भएपछी SMS अथवा ईमेल बाट प्राप्त भएको जानकारी(Reference NO.)र प्रापकको परिचय पत्र सम्बन्धित काउन्टरमा प्रस्तुत गर्नु पर्नेछ। रेमिटान्स गर्ने व्यक्तिले आफै जिम्मेबारी बहन गरि (Reference NO.)प्रापकलाई पठाउनुपर्नेछ।