प्रयोगका शर्तहरू

RupeeSend रेमिटान्सको उपयोगको लागि नियम.विनियम,व्यक्तिगत जानकारीको गोपनीयता नीति,विभिन्न महत्त्वपूर्ण विषयहरू अनिबार्य रुपमा अध्ययन गरि तपाई स्वीकार गर्नु हुन्छ भने[यो प्रावधान सबै सर्तहरू सहमत स्वीकार]चेक गरि अगाडि बढ्नुहोस।

प्रयोगका शर्तहरु
 
 

यो सेवा जानकारी, प्रयोगका शर्तहरु अन्तर्गत , विदेशी मुद्रा अधिनियम अनुरुप ग्राहकलाई रेमिटान्स सम्बन्धि जानकारी दिनकालागि संगै राखिएको हो |

 
रेमिटान्समा प्रतिबन्ध
 

1. सबै रेमिटान्सको कारोबार वास्तविक नामबाटै हुनुपर्छ |
2. १ कारोबार USD 5,000 भन्दा बढी हुने छैन |.
3. बार्षिक रेमिटान्स कारोबार कुल USD 50,000 भन्दा बढी हुने छैन |
4. ग्राहकको आफ्नै बैंक खाताबाट आएको रकमलाई मात्र रेमिटान्स प्रक्रियाका लागि स्वीकार गरिनेछ ।

 
कम्पनीले ग्राहकलाई जानकारी गराउनु पर्ने कुराहरु
 

5. कम्पनीले ग्राहकलाई लाग्ने शुल्कको बारेमा जानकारी दिनुपर्ने छ|
6. कम्पनीले ग्राहकलाई FX शुल्कको बारेमा जानकारी दिनुपर्ने छ |
7. कम्पनीले ग्राहकलाई प्रापकले वास्तविक प्राप्त गर्ने रकमको बारेमा जानकारी दिनुपर्ने छ |
8. कम्पनीले ग्राहकलाई उजुरी प्रक्रियाको बारेमा जानकारी दिनुपर्ने छ |

 
अर्डर परिमार्जन र रद्द
 

9. ग्राहकले रेमिट प्रक्रिया पूरा नभएको अर्डर परिमार्जन वा रद्द गर्न सक्ने छन् |

दायित्व
 

10. कम्पनीले आफ्नो कारणले हुन गएको क्षतिपूर्तिको लागि स्वयम उत्तरदायी हुनेछ |
11. यदि भुक्तानी पूरा भएको १५ दिन भित्र रेमिटान्स पूरा नभएमा, कम्पनीले पूर्ण रकम फिर्ता गर्नुपर्ने छ|

 
रेकर्ड राख्ने
 

12. कम्पनीले ५ वर्षसम्म कारोबार विवरणको रेकर्ड राख्ने छ|
13. कम्पनीले ग्राहकको जानकारी न त तेस्रो पक्षलाई दिने छ न त रेमिटान्स बाहेक अन्य कार्यमा प्रयोग गर्ने छ ।

 
स्पष्टीकरण
 
 

14. ग्राहकले आग्रह गरेमा ‘प्रयोगका शर्तहरु' कम्पनीले ग्राहकलाई दिदै सो शर्तको अर्थ स्पष्ट जानकारी गराउनु पर्नेछ ।

 

संशोधन- जुलाई, २०१७

C-Square Korea Inc.
अध्यक्ष / CEO: Jeff Jung